शुक्रबार, वैशाख १४, २०८१
08:11 | १२:५६

बेलायतमा कोरोनाले ज्यान गुमाउने ४ सय १२ थपिए

नेपाली लिङ्क मे २७, २०२०

लन्डन  । कोरोना संक्रमणबाट बेलायतमा पछिल्लो २४ घण्टामा ४ सय १२ जनाको मृत्यु भएको छ । यससंगै हालसम्म यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७ हजार ४ सय ६० पुगेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जारी गरेको तथ्यांकअनुसार पछिल्लो एक दिनमा २ हजार १३ संक्रमित थपिएका छन् । 

बुधबार बिहान ९ बजेसम्म २४ घण्टामा देशभर १ लाख १७ हजार १३ परीक्षण गराइएको छ । यससंगै देशभर संक्रमितको कुल संख्या २ लाख ६७ हजार २ सय ४० पुगेको छ ।

यसैबीच, बेलायतले विहीबारदेखि कोरोना संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई सचेत गराउने ‘ट्र्याक एन्ड ट्रेस’ प्रणालीको अभ्यास शुरु गर्दैछ ।   

यो प्रणालीले सिंगो जनसंख्यालाई नभइ जोखिममा रहेका समूहको पहिचान गरी आवश्यक सतर्कताका लागि सचेत गराउने भनिएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू