शुक्रबार, वैशाख १४, २०८१
17:56 | २२:४१

तीन सातादेखि बेपत्ता पूर्व राजदूतको खोजी: प्रहरीले सार्वजनिक गरयो थप तस्विर

नेपाली लिङ्क मे २७, २०२०

लण्डन । नेपालका लागि बेलायती पूर्व राजदूत रिचर्ड मोरिस बेपत्ता भएको तीन सातासम्म पनि फेला पर्न सकेका छैनन् ।

मोरिसको खोजीमा लागि परेको बेलायती प्रहरीले बुधबार उनका थप दुई तस्विर सार्वजनिक गरेको छ ।

मे ६ का दिन बिहान ‘मर्निङ वाक’मा निस्किएका मोरिस ह्याम्पशायरको फार्नहमनजिक बेन्टली क्षेत्रबाट बेपत्ता भएका हुन् ।

बिहान साढे १० बजे घरबाट निस्किएका उनलाई पछिल्लोपटक सोहि दिन बिहान १० बजेर ५० मिनेटको समयमा स्थानीयले एल्टनको ‘इजिङटन रोड’ मा देखेको बताएका छन् ।

प्रहरीले मोरिसको खोजीमा सघाउन सर्वसाधारणले हालसम्म गरेको सहयोगका लागि आभार प्रकट गर्दै अझै पनि कुनै सूचना भए सम्पर्कमा आउन आग्रह गरेको छ । उनको बारेमा कुनै पनि जानकारी भए प्रहरीलाई १०१ नम्बरमा सम्पर्क गरी रिफरेन्स नम्बर ‘४४२००१६०९८’ उल्लेख गर्न आव्हान गरिएको छ ।

प्रहरीले मोरिसको हुलिया ६ फिट अग्लो, श्वेत वर्ण, फुलेको कपाल र दाह्री पालेको बताएको छ । उनको अनुहारमा जन्मचिन्ह छ । उनले लामो बाहुला नीलो जीपर भएको टप, कालो हाफ पाइन्ट र निलो जुत्ता लगाएको प्रहरीले जनाएको छ ।

केहि दिनअघि प्रहरीले मोरिस ‘मर्निङ वाक’का क्रममा हिंडेको हुन सक्ने क्षेत्रमा गुडेका गाडीमा रेकर्ड भएका फुटेज उपलब्ध गराउन अपील गरेको थियो । त्यसअघि छरछिमेकका वासिन्दाहरुलाई आआफ्ना घरका बगैंचा, भण्डार गृह, शेड आदि चेक गर्न आग्रह गरिएको थियो ।

मोरिसले नोभेम्बर २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालमा ब्रिटिश राजदूतको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । ब्रिटिश सरकारले उनलाई फिजी गणतन्त्रका लागि आउंदो जुलाइ महिनादेखि कार्यभार सम्हाल्ने गरि उच्चायुक्त तोकेको थियो ।

उनी श्रीमती र तीन बालबच्चाका साथमा बस्दै आएको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू