शुक्रबार, वैशाख ७, २०८१
18:39 | २३:२४

भारतबाट फर्किएका थिए रौतहटका ३५ नयाँ संक्रमित

नेपाली लिङ्क मे २७, २०२०

काठमाडौं । बुधबार एकैदिन रौतहटका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारीअनुसार नयाँ संक्रमितमध्ये १६ जना ईशानाथका हुन् भने ८ जना गौरका हुन् । त्यस्तै, गढीमाईका ७ तथा कटहरिया र देवाहीगोनाहीका दुईदुई जना छन् ।

संक्रमित सबैजना केहि दिनअघि भारतबाट फर्किएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

भारतबाट फर्किएपछि सिधै क्वारेन्टिनमा रहेका कारण उनीहरुको बाहिरी सम्पर्क नभएको बताइएको छ ।

हालसम्म रौतहट जिल्लामा मात्रै संक्रमितको संख्या १ सय ८ पुगेको छ । जिल्लाका विभिन्न ठाउँस्थित क्वारेन्टिनमा रहने तीन हजारभन्दा बढी छन् ।

पछिल्ला समय रौतहटमा भारतबाट फर्किनेहरुको संख्या बढ्दै गएपछि संक्रमणको जोखिम बढ्नुका साथै पर्याप्त क्वारेन्टिनको समेत अभाव शुरु हुन थालेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू