शुक्रबार, वैशाख ७, २०८१
17:46 | २२:३१

बेलायतमा कोरोनाले १२ वर्षीय बालकसहित थप २ सय ८२ को मृत्यु

नेपाली लिङ्क मे २३, २०२०

लण्डन । बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २ सय ८२ जना मानिसले ज्यान गुमाएका छन् ।

यससंगै अहिलेसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या ३६ हजार ६ सय ७५ पुगेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शुक्रबार साँझ ५ बजेसम्म रिपोर्ट भएका मृत्युको तथ्यांक सार्वजनिक गरेको छ ।

पछिल्लो २४ घण्टाका मृतकमध्ये एक १२ वर्षीय बालक पनि छन् । पहिले नै अन्य गम्भीर स्वास्थ्य समस्या रहेका उनलाई कोरोनाको संक्रमण पनि भएको पुष्टि गरिएको छ ।

हालसम्म बेलायतमा ज्यान गुमाउनेमध्ये स्कटल्याण्डका २ हजार २ सय ६१, वेल्सका १ हजार २ सय ६० र नर्दन आयरल्याण्डका ५ सय ५ छन् ।

त्यसैगरी, बेलायतमा हालसम्म संक्रमित हुनेहरुको संख्या २ लाख ५७ हजार १ सय ५४ पुगेको छ । जसमध्ये २ हजार ९ सय ५९ केस पछिल्लो २४ घण्टाको अवधिमा थपिएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू