बुधबार, वैशाख १२, २०८१
21:01 | ०१:४६

बेलायतमा २४ घण्टामा ३ सय ५१ को मृत्यु

नेपाली लिङ्क मे २२, २०२०

लण्डन । बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३ सय ५१ जनाको मृत्यु भएको छ । यससंगै हालसम्म देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३६ हजार ३ सय ९३ पुगेको छ । 

‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ का अनुसार पछिल्लो एक दिनमा कोरोना संक्रमणका ३ हजार २ सय ८७ नयाँ केसहरु थपिएका छन् । अब बेलायतमा कुल संक्रमितको संख्या २ लाख ५४ हजार १ सय ९५ पुगेको छ । 

पछिल्ला दिनहरुमा बेलायतमा दैनिक मृत्युको संख्या निरन्तर ओरालो लागिरहेको छ । संक्रमणका नयाँ केसहरु पनि परीक्षण बढाइएकै अनुपातमा नबढेको सरकारले बताएको छ । 

हालसम्म बेलायतमा २१ लाख ४४ हजार ६ सय २६ जनाको कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको छ । जसमध्ये १ लाख ४० हजार ४ सय ९७ परीक्षण शुक्रबार बिहान ९ बजेसम्म २४ घण्टामा गरिएका हुन् ।  

हालै लकडाउन केहि खुकुलो पारिएका कारण संक्रमण फेरि बढ्न सक्ने जोखिम पनि अझै हटिसकेको छैन ।

थप जोखिम नबढे आउँदो जुन १ देखि प्राइमरी स्कुल र केहि रिटेल व्यवसाय सञ्चालन गर्ने सरकारको तयारी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू