शुक्रबार, वैशाख ७, २०८१
09:41 | १४:२६

विश्वभर संक्रमित ५२ लाखको हाराहारीमा, मृतक ३ लाख ३४ हजार

रासस-एएफपी मे २२, २०२०

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५२ लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा एक लाख सात हजार नयाँ संक्रमित भेटिएका छन् ।

यसअघि अघिल्लो २४ घण्टामा विश्वमा एक लाख ४ सय ७४ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टामा विश्वभर ४ हजार ९ सय ३४ जनाको ज्यान गएको छ ।

संक्रमितमध्ये विश्वभर करिब ४५ हजार ६ सय १४ जनाको स्वास्थ्य अवस्था अत्यन्त जटिल छ भने २७ लाख ३३ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी बेलायतमा ३६ हजारको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ४१८ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९६ हजार ३ सय ५४ पुगेको छ ।

हालसम्म इटालीमा ३२ हजार ४८६, फ्रान्समा २८ हजार २१५, स्पेनमा २७ हजार ९४०, बेल्जियममा ९ हजार १८६, जर्मनीमा ८ हजार ३०९ र नेदरल्यान्ड्मा ५ हजार ७७५ जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा २० हजारको मृत्यु भएको छ । यहाँ एकै दिन १ हजार १ सय ८८ जनाको ज्यान गएको छ । यसैगरी, इरानमा ७ हजार २ सय ४९, मेक्सिकोमा ६ हजार ५ सय १०, क्यानाडामा ६ हजार १ सय ५२ र चीनमा ४ हजार ६ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू