बुधबार, वैशाख १२, २०८१
06:37 | ११:२२

बेलायतमा कोरोना: मृतक ३६ हजार, संक्रमित २ लाख ५० हजार नाघे

नेपाली लिङ्क मे २१, २०२०

लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३६ हजार ४२ पुगेको छ ।

गत २४ घन्टाभित्र देशमा थप ३ सय ३८ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यसैगरी, पछिल्लो २४ घन्टाको अवधिमा थप २ हजार ६ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । यससंगै हालसम्म बेलायतमा कोरोना संक्रमित २ लाख ५० हजार ९ सय ८ पुगेका छन् ।

बेलायतमा हालसम्म ३० लाख भन्दा बढीमा कोरोना परीक्षण गरिसकिएको छ । गएको २४ घन्टामा १ लाख २८ हजार ३ सय ४० परीक्षण गरिएको छ ।

बेलायतमा अहिलेसम्म पाँच दर्जनभन्दा बढी नेपालीको पनि कोरोनाको संक्रमणबाट निधन भइकेको छ । जसमध्ये ५२ जना पूर्व गोर्खा सैनिक तथा उनीहरुका परिवारका सदस्य र बाँकी गैरगोर्खा छन् ।

यसैबीच, बिहीबार सरकारको दैनिक ‘कोरोना ब्रिफिङ’ लाई सम्बोधन गर्दै सरकारी अधिकारीहरुले बेलायतमा मृत्युको संख्या घट्ने क्रम निरन्तर रहेको बताएका छन् ।

स्वास्थ्यमन्त्री म्याट ह्यानककले प्रयोगशाला नपठाई २० मिनेटमै कोरोना संक्रमणको नतिजा दिने नयाँ ‘टेस्ट’ को परीक्षण भइरहेको जानकारी गराएका छन् । उनले विगतमा संक्रमण भए नभएको पत्ता लगाउने ‘एन्टिबडी टेस्ट’ अर्को सातादेखि शुरु गरिने समेत जानकारी दिए ।

मन्त्री ह्यानककले महामारीका बेला वृद्धि भएका मानसिक स्वास्थ्यसम्बन्धी समस्या सम्बोधन गर्न ४२ लाख पाउण्डको अतिरिक्त कोष घोषणा गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू