शुक्रबार, वैशाख ७, २०८१
00:21 | ०५:०६

‘सनराइज फाइनान्सियल सोलुसन्स्’ ले वेलिङमा खोल्यो दोस्रो शाखा

नेपाली लिङ्क मे २१, २०२०

लण्डन । बेलायतमा वित्तिय सेवा प्रदान गर्दै आएको ‘सनराइज फाइनान्सियल सोलुसन्स् यूके’ ले आफ्नो दोस्रो शाखा बिस्तार गरेको छ ।

लण्डन ‘लुइशमको ली’ मा मुख्य कार्यालय रहेको सनराइजले नयाँ शाखा बेक्सलीको वेलिङमा स्थापना गरेको कम्पनीका प्रिन्सिपल प्रेम गैरेले जानकारी दिए । नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा आइसकेको छ ।

वेलिङ शाखाको स्थापनासंगै चार्टर एकाउण्टेन्ट उदयराज लम्साल समेत ‘सनराइज फाइनान्सियल सोलुसन्स्’ मा आबद्ध भएको प्रिन्सिपल गैरेले जानकारी दिए । लम्सालले वेलिङमा स्थापित नयाँ शाखा सम्हाल्नेछन् ।

सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा थप सहज होस् भन्ने उद्धेश्यले शाखा बिस्तार गरिएको गैरे बताउँछन् ।

सनराइज फाइनान्सियल सोलुसन्स्ले मोर्गेज, कमर्सियल फाइनान्स, सबै खालका लाइफ इन्सोरेन्स, बिल्डिङ तथा कन्टेन्ट, कमर्सियल र ल्यान्डलर्ड इन्सोरेन्स लगायतका वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

साथै, कम्पनीले बेलायतको प्रतिष्ठित ‘मोन्टेगमेरी पल कम्पनी’ संगको सहकार्यमा इन्भेस्टमेन्ट, पेन्सन, विल्स र स्टेट प्लानिङको काम समेत गर्दै आइरहेको छ ।

छिटो, सजिलो र भरपर्दो सेवालाई प्राथमिकता बनाएको सनराइजका सेवाग्राही पनि बढ्दै गएको तथा बेलायतका सबै क्षेत्रमा सेवा प्रदान गरिसकेको गैरे बताउँछन् । कम्पनीले प्रदान गर्ने सेवालाई गुणस्तरीय राख्दै निकट भविष्यमा थप अर्को एक शाखा समेत खोल्ने तयारी गरिरहेको उनको भनाइ छ ।

सनराइज फाइनान्सियल सोलुसन्सका कुनै पनि सेवा तथा अन्य जानकारीको लागि कम्पनीको वेबसाइट भिजिट गरेर सम्पर्क राख्न सकिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू