मंगलबार, वैशाख ११, २०८१
09:29 | १४:१४

नेपालमा बुधबार थप २५ मा संक्रमण, कुल संक्रमित ४ सय २७

नेपाली लिङ्क मे २०, २०२०

काठमाडौं । नेपालमा कारोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार थप २५ जनामा संक्रमण भएको पुष्टि गरे ।

बुधबार संक्रमण भेटिनेहरु १८ पुरुष र ७ महिला हुन् । जसमा एक तीन वर्षका बालक समेत छन् । उनीहरुमध्ये कपिलवस्तुका १३ जना छन् भने बाँकेका ६, धनकुटाका ५ र नवलपरासीका १ जना छन् ।

हालसम्म संक्रमित हुनेमध्ये ३ सय ५८ पुरुष र ६९ महिला रहेको प्रवक्ता देवकोटाले जनाए ।

उनले अहिलेसम्म ‘पीसीआर’ विधिबाट ३५ हजार ४ सय ९४ र ‘आरडीटी’ विधिबाट ७५ हजार ७२ जनाको कोरोना परीक्षण गरिएको जनाए ।

‘पीसीआर’ विधिबाट २ हजार चार सय ८८ र ‘आरडीटी’ विधिबाट ३ हजार ६ सय १० जनाको कोरोना परीक्षण पछिल्लो २४ घण्टामा भएका हुन् ।

प्रवक्ता देवकोटाले हालसम्म निको भएर घर फर्किनेको संख्या ४५ पुगेको जानकारी दिए । पछिल्लोपटक कोशी अस्पतालमा उपचाररत आठ जना पुरुष डिस्चार्ज भएका हुन् ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू