बिहीबार, चैत १५, २०८०
17:37 | २३:२२

विश्वभर संक्रमित झन्डै ५० लाख, ३ लाख २४ हजारको मृत्यु

रासस–एएफपी मे २०, २०२०

जेनेभा ।  कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाखको हाराहारीमा पुगेको छ ।  

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बुधबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९४ हजार ८१३ जना नयाँ संक्रमित भेटिएका छन् ।

यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ८८ हजार ८५८ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टामा विश्वभर ४ हजार ५८९ जनाको ज्यान गएको छ । 

प्राप्त समाचार अनुसार विश्वभर संक्रमितमध्ये  करिब ४५ हजार ४३४ जनाको स्वास्थ्य अवस्था अत्यन्त जटिल छ भने २६ लाख ५८ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।  

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३५ हजार ३४१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । 

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ५५२ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९३ हजार ५३३ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य छ । विगत २४ घण्टामा इटालीमा १६२, स्पेनमा ६९ र रसियामा ११५ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको ‘इपिसेन्टर’ का रुपमा देखिएको ब्राजिलमा १७ हजार ९८३ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा १ हजार १३० जनाको ज्यान गएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू