शुक्रबार, वैशाख १४, २०८१
23:30 | ०४:१५

बेलायतका कानून व्यवसायीबाट आविष्कार केन्द्रलाई तीन लाख सहयोग

नेपाली लिङ्क मे १७, २०२०

सोलिसिटर उत्तरमान तिगेला (बाँया) र ब्यारिष्टर देवेन्द्र श्रेष्ठ

लण्डन । बेलायतमा कार्यरत दुई जना नेपाली कानुन व्यवसायीले नेपालस्थित राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

बेलायतका ब्यारिष्टर देवेन्द्र श्रेष्ठ र सोलिसिटर उत्तरमान तिगेलाले महावीर पुनद्वारा स्थापित केन्द्रलाई तीन लाख रुपियाको सहयोग गरेका हुन् ।

केन्द्रले नेपालमा कोरोना रोकथामको लागि अत्यावश्यक ‘पीपीई’ लगायतका सामग्री उत्पादन गरी अस्पतालहरुमा निशुल्क वितरण गर्दै आएको छ ।

कोरोना महामारीबाट अति प्रभावित देश बेलायतमा कार्यरत रहेपनि संकटका बेला जन्मभूमिलाई सहयोग गर्ने उद्धेश्यले आविष्कार केन्द्रलाई सहयोग प्रदान गरेको ब्यारिष्टर श्रेष्ठ र सोलिसिटर तिगेलाले बताएका छन् ।

आफूहरुको सहयोगबाट नेपालमा कोरोना संक्रमणविरुद्धको अभियानमा सहयोग पुग्ने आशा उनीहरुको छ ।

बेलायतमा कार्यरत श्रेष्ठ र तिगेला दुवैजना नेपालका अधिवक्ता समेत हुन् ।

यसअघि ब्यारिष्टर श्रेष्ठ अध्यक्ष र सोलिसिटर तिगेला सदस्य रहेको ‘ब्रिटेन नेपाल लयर्स एशोसिएसन यूके’ ले पनि आविष्कार केन्द्रलाई एक लाख रुपिया सहयोग गरिसकेको थियो ।

उक्त एशोसिएसनमा बेलायतमा बसोबास गर्ने नेपालका कानून व्यवसायी, बेलायतमै योग्यता हासिल गरेका ब्यारिष्टर, सोलिसिटर लगायतका कानून व्यवसायी र बेलायती विश्वविद्यालयका कानून विषयका प्राध्यापक तथा विद्यार्थी आबद्ध छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू