बिहीबार, वैशाख १३, २०८१
12:10 | १६:५५

नेपालमा कोरोना: मृत्‍यु १, संक्रमित ३ सय नजिक

रासस मे १७, २०२०

काठमाडौं  कोरोना भाइरस संक्रमण आइतबार १० जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा नयाँ १० जनामा संक्रमण देखिएको बताए ।

नयाँ संक्रमितमा सबै रौतहटका पुरुष छन् । सह-प्रवक्ता अधिकारीका अनुसार राजपुर नगरपालिका-९ फरहदवाका १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुष र इशनाथ नगरपालिका वडा नं ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुष छन् ।

योसँगै संक्रमितको संख्या २ सय ९१ पुगेको छ । मन्त्रालयका सह-प्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य छ र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

नेपालमा शनिबार पहिलोपटक कोभिड-१९ संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । अहिलेसम्म ३६ जना पूर्णरूपमा स्वस्थ भई घर फर्किसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू