शुक्रबार, वैशाख १४, २०८१
09:31 | १४:१६

कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु पुष्टी

नेपालमा कोरोनाकी पहिलो मृतक २९ वर्षीया महिला

नेपाली लिङ्क मे १६, २०२०

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक एक महिलाको मृत्यु पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत विहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको मृत्युको कारण कोभिड १९ रहेको पुष्टी गरेको हो ।

मृतक महिला गत वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई २४ वैशाख गते साधारण तरिकाले सुत्केरी भएकी थिइन् ।

सुत्केरी भएपछि ती महिलालाई २५ गते घर पठाइएको थियो । घरमा गएपछि ज्वरो, श्वासप्रश्वास जस्ता समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गराएकी महिलाको स्थिति जटिल बन्दै जाँदा धुलिखेल अस्पताल आउँदै गर्दा मृत्यु भएको थियो ।

यसैबीच, शनिबार जम्मा १४ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयका सह-प्रवक्ता डा डा समिरकुमार अधिकारीका अनुसार पछिल्लोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा धनुषाका २० र ६५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

मृत महिला र यी दुई नयाँ गरी संक्रमितको संख्या २ सय ८१ पुगेको छ । उनका अनुसार संक्रमितको स्वास्थ्यावस्था सामान्य छ र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू