शनिबार, वैशाख ८, २०८१
10:39 | १५:२४

सीमा अतिक्रमणविरुद्ध विश्वभरबाट अनलाइन हस्ताक्षर संकलन गर्दै एनआरएनए

रासस मे १५, २०२०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भारतले गरेको नेपाली भूमि अतिक्रमणविरुद्ध हस्ताक्षर संकलन अभियान शुरु गरेको छ ।

एनआरएनएले लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विरोधमा विश्वभर छरिएर रहेका नेपालीले भारतलाई दबाब दिन हस्ताक्षर संकलन गर्न लागेको हो । हस्ताक्षर अभियान शुक्रबारदेखि शुरु भएको छ ।

विश्वभरबाट संकलन गरिएको हस्ताक्षर यही जेठ २३ गते काठमाडौँस्थित भारतीय दूतावासमा बुझाइने संघले जनाएको छ ।

यही जेठ १८ गतेसम्म अनलाइनबाट हस्ताक्षर गर्न सकिनेछ ।

संकलन गरिएको हस्ताक्षर जेठ १७ गते सम्बन्धित मुलुकमा रहेको भारतीय दूतावास, मिसन तथा सम्बन्धित निकायमा बुझाइने संघको सूचना-सञ्चार तथा प्रकाशन समितिले जनाएको छ ।

यस अभियानमा ऐक्यबद्धता जनाउँदै अनलाइन हस्ताक्षर गर्नका लागि यो लिंकमा क्लिक गर्न सकिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू