शुक्रबार, वैशाख ७, २०८१
01:31 | ०६:१६

नेपाली चेलीले पाइन् बेलायती राजपरिवारबाट विशेष पुरस्कार

नेपाली लिङ्क मे १२, २०२०

लण्डन । हाल अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले बेलायतको राजपरिवारबाट प्रदान हुने प्रतिष्ठित सम्मान प्राप्त गरेकी छन् ।

काठमाडौं जावलाखेल स्थायी घर भएकी कन्चन अमात्यले बेलायती शाही परिवारबाट मानवता सेवा पुरस्कार प्राप्त गरेकी हुन् । उक्त पुरस्कारको लागि अमात्य २० उत्कृष्ट युवाहरूको छनौटमा परेकी थिइन् ।

सामाजिक सेवामा गरिएको कामको मूल्यांकन गर्दै प्रदान गरिने उक्त पुरस्कार अमात्य लगायत अन्य १९ वटा राष्ट्रका व्यक्तिहरुलाई प्रदान गरिएको छ ।

बेलायत, क्यानाडा, मलेसिया, नाईजेरिया, तान्जेनिया र भारत लगायतका व्यक्तिहरुले सो पुरस्कार प्राप्त गरेका छन् । सामाजिक सेवाका लागि नयाँ पुस्तालाई प्रेरणा र परिचालन गर्ने आफ्नो क्षमता प्रदर्शन गरेबापत उनीहरुलाई सो पुरस्कार प्रदान गरिएको हो ।

बेलायती शाही परिवारबाट एक प्रतिष्ठित पुरस्कारको रुपमा मानिने यस पुरस्कारलाई ड्युक अफ क्याम्ब्रिज प्रिन्स विलियम र डायनाका भाई लर्ड एर्ल स्पेन्सर सहभागी पुरस्कार समारोहमा वितरण गरिएको थियो । कन्चनको पुरस्कार उनकी आमा कृष्ण अमात्यले ग्रहण गरेकी थिइन् ।

यस्तो सम्मान प्राप्त गर्ने उनी सम्भवत पहिलो नेपाली युवा हुन् ।

अमात्यले गत वर्ष सन् २०१९ मा पनि ‘डायना अवार्ड रोल अफ अनर’ को सम्मान पाइसकेकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू