शुक्रबार, वैशाख ७, २०८१
08:59 | १३:४४

कोरोना अपडेटः विश्वभर २ लाख ७० हजारको मृत्यु

रासस-एएफपी मे ८, २०२०

जेनेभा ।  कोरोनाभाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ । 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार ५८९ जनाको मृत्यु भएको छ । अघिल्लो दिन पनि विश्वभर ६ हजार ८११ जनाको मृत्यु भएको थियो । 

प्राप्त समाचार अनुसार विश्वभर करिब ४९ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल छ भने २२ लाख ६२ हजार अर्थात् करिव ९८ प्रतिशतको अवस्था सामान्य छ ।  

युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३० हजार ६१५ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । 

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा खासै कमी आएको छैन । पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार १२९ जनाको मृत्यु भएको छ । अघिल्लो दिन पनि यहाँ २ हजार ५२८ जनाको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको संख्या ७६ हजार ९२८ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिन झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा २७४, स्पेनमा २१३ र फ्रान्समा १७८ जनाको ज्यान गएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू