शुक्रबार, वैशाख १४, २०८१
04:10 | ०८:५५

भारतमा कोरोना संक्रमितको संख्या ५२ हजार नाघ्यो

रासस-एएनआई मे ७, २०२०

भारत । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या बिहीबारसम्म ५२ हजार ९५२ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

बिहीबार बिहानको तथ्यांकअनुसार यस संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७८३ जना पुगेको छ ।  

संक्रमणबाट निको भएका विरामीको संख्या १५ हजार २६६ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा बिहीबार बिहानसम्म यो रोगका ३५ हजार ९०२ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् । 

‘कोभिड-१९’ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र १६ हजार ७५८ नागरिक  कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा छ । त्यहाँ ६ हजार ६२५ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ ।  दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ५३२ जना विरामी छन् ।

कोराना भाइरसको (कोभिड-१९) संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी ‘लकडाउन’ थप दुइ साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको ‘लकडाउन’ गर्ने निर्णय गरेको थियो   

 भारतमा पहिलो चरणको ‘लकडाउन’ २४ मार्चमा लगाइएको थियो । दोस्रो ‘लकडाउन’ १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो ‘लकडाउन’ मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो ‘लकडाउन’ नसकिदै तेस्रो ‘लकडाउन’  मे १७ सम्मको लागि घोषणा गरिएको थियो   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू