बिहीबार, वैशाख १३, २०८१
09:17 | १४:०२

बुद्धिष्ट गुम्बा रेडिङबाट स्थानीय फुड बैंकलाई सहयोग

नेपाली लिङ्क मे ६, २०२०

लण्डन । कोरोना महामारीको चपेटाबीच बेलायतको रेडिङस्थित बुद्धिष्ट गुम्बाले स्थानीय फुड बैंकलाई खाद्यान्न सहयोग गरेको छ ।

कार्यसमितिकी सदस्य राजकुमारी गुरुङको संयोजनमा संकलित १ हजार २ सय ४८ पाउण्डको खाद्यान्न बुधबार हस्तान्तरण गरिएको गुम्बाका महासचिव कमल कोने गुरुङले नेपाली लिंकलाई जानकारी गराए ।

हरेक वर्ष स्थानीय फुड बैंकलाई खाद्यान्न सहयोग गर्दै आएको गुम्बाले यसपटक कोरोनाका कारण उत्पन्न असहज अवस्थामा पनि आफ्नो सहयोगलाई निरन्तरता दिएको हो ।

सहयोगका लागि गुम्बाका ट्रस्टी, कार्यसमितिका पदाधिकारी एवम् अन्य शुभेच्छकहरुले आर्थिक सहायता उपलब्ध गराएका थिए ।

यसैबीच, गुम्बाले स्थानीय नेपाली वृद्धवृद्धाको लागि ८ सय थान ‘मास्क’ वितरण समेत गरेको छ ।

महासचिव कमल कोने गुरुङको पहलमा कोरोना संक्रमणको उच्च जोखिममा रहेका वृद्धवृद्धालाई ‘मास्क’ बाँडिएको संस्थाले जनाएको छ ।

गुम्बाका कार्यवाहक अध्यक्ष कृष्गणबहादुर गुरुङले अफ्ठेरो अवस्थामा पनि सहयोगको हात अघि बढाउने सम्पूर्ण सहयोगदातामा आभार प्रकट गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू