बुधबार, वैशाख १२, २०८१
12:09 | १६:५४

सहयोग जुटाउंदै प्रवासी नेपाली एकता मञ्च यूके

नेपाली लिङ्क अप्रिल ३०, २०२०


लन्डन । प्रवासी नेपाली एकता मञ्च यूकेले ‘कोभिड १९’ महामारी पीडितका लागि सहयोग जुटाउने भएको छ ।

मञ्चले संकटकालीन अवस्थामा क्षेत्रगत रूपमा विभिन्न क्षेत्रमा मञ्चका जिम्मेवार सदस्यहरूको नेतृत्वमा 
स्वयंसेवक टिम तयार गरी समुदायमा सहयोग पुयाउने योजना बनाएको छ ।

अनलाइन बैठकमार्फत संगठनले आकस्मिक कोष खडा गर्ने समेत निर्णय गरेको छ । यसका लागि सम्बन्धित क्षेत्रका सदस्यहरू
संग सल्लाह गरी सहमतिमा टिम तयार गर्ने जनाइएको छ ।

क्षेत्रीय स्तरको यस्तो टिम सर्वप्रथम महामारीबाट बढी प्रभावित क्षेत्र दक्षिण पूर्व लन्डनमा स्थानीय समाजसेवी एवं मञ्चका कार्यसमिति सदस्य दासुराम पान्डेको 
संयोजकत्वमा हाल १५ सदस्यीय स्वयंसेवक समिति गठन भएको र सो समिति क्रमशः विस्तार गरिने मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीले जानकारी दिए ।

यसरी नै अन्य क्षेत्रहरूमा पनि स्वयंसेवक समिति गठनको तयारी भइरहेको मञ्चका सचिव सुरेश गौतमले बताए ।

मञ्चले यस विषम परिस्थितिमा नेपाली दूतावास लगायत विभिन्न संघसंस्थाको समुदायप्रतिको सद्भाव र सहयोगको कदर गर्दै कोरोना भाइरसबाट बेलायतमा अकालमै दिवंगत भएका नेपालीप्रति श्रद्धाञ्जलि अर्पण समेत गरेको छ ।

मञ्च अध्यक्ष पुडासैनीले आफनो स्वास्थ्य नै जोखिममा राखेर रातदिन नभनि निरन्तर खट्ने स्वास्थ्यकर्मीप्रति सम्मान र आभार प्रकट गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू