बिहीबार, वैशाख ६, २०८१
18:20 | २३:०५

५७ पुगे नेपालमा संक्रमित, ५७ हजारको परीक्षण

रासस अप्रिल २९, २०२०

काठमाडौँ । नेपालमा अहिलेसम्म ‘कोभिड-१९’ को परीक्षण ५७ हजार १८९ मा गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ‘पिसिआर’ बाट ११ हजार ५२४ र ‘रयापिड डाइग्नोस्टिक टेस्ट’ (आरडिटी) बाट ४५ हजार ६ सय ६५ मा परीक्षण गरिएको जानकारी दिए ।

उनका अनुसार विगत २४ घण्टामा दुई हजार ३६७ को परीक्षण गरिएको छ । प्रदेश नं १ मा चार हजार ८४१, प्रदेश नं २ मा पाँच हजार २९८, वाग्मती प्रदेशमा आठ हजार २१७, गण्डकी प्रदेशमा पाँच हजार ३४३, प्रदेश नं ५ मा तीन हजार ६७१, कर्णाली प्रदेशमा पाँच हजार २६९ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ९८६ को परीक्षण गरिएको छ ।

यसैगरी २२ हजार ९०१ जना ‘क्वारेन्टाइन’ मा बसेका छन् । मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार प्रदेश नं १ मा दुई हजार ४७८, प्रदेश नं २ मा एक हजार ४०४, वाग्मती प्रदेशमा ६११, गण्डकी प्रदेशमा ६९४, प्रदेश नं ५ मा १२ हजार ५१५, कर्णाली प्रदेशमा तीन हजार ९६३ र सुदूरपश्चिम प्रदेशमा एक हजार २३६ जना ‘क्वारेन्टाइन’ मा बसेका छन् ।

यसैगरी टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा नयाँ तीन जनामा ‘कोभिड-१९’ को संक्रमण देखिएको छ । पर्साका ४६ र बाराका ४३ र ३१ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । संक्रमितको अहिले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । अहिले ४१ जना उपचाररत रहेका छन् ।

यसभन्दा अगाडि एकजनाको संक्रमण देखिएको भनिएको ती पुराना संक्रमिण्त नै रहेको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए । ‘ती पुराना बिरामी हुन् । उनको आज परीक्षणको क्रममा पोजेटिभ देखिएको मात्र हो”, उनले भने, “त्यसैले आज तीन जनामा मात्र संक्रमण देखिएको हो ।’

यसैगरी ८७ जना आइसोलेशनमा छन् भने स्वपरीक्षण गर्दा आज एक जना गरी अहिलेसम्म ३१० जना ‘रेड जोन’मा रहेका छन् ।

यसैगरी मन्त्रालयले ‘कोभिड-१९’ को उपचार घरमा गर्नका लागि आयुर्वेदिक तथा वैकल्पिक चिकित्सासम्बन्धी निर्देशिका जारी गरेको प्रवक्ता डा देवकोटाले जानकारी दिए । निर्देशिका जारीसँगै अब ‘कोभिड-१९’ सँग लड्ने क्षमता बढाउन घरेलु आयुर्वेदिक औषधि प्रयोग गर्न सकिने उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू