मंगलबार, वैशाख ११, २०८१
09:23 | १४:०८

जुलियन असान्जको सुनुवाई नोभेम्बरसम्म स्थगित

रासस–एएनआई अप्रिल २८, २०२०

लन्डन, १६ वैशाख– विकिलिक्सका संस्थापक जुलियन असान्जलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने या नगर्ने भन्ने सुनुवाई आगामी नोभेम्बरसम्म स्थगित गरिएको छ । असान्जका वकिलहरुले कोरोनाभाइरस महामारीका बीच सुनुवाइ कार्य अघि बढाउनु ‘स्वास्थ्यका कारण खतरा’ रहेको दाबी गरेका थिए ।

असान्जलाई स्वीडेन वा संयुक्तराज्य अमेरिकामा सुपुर्दगी गर्ने वा नगर्ने विषयमा आगामी मे १८ मा सुनुवाई आरम्भ गर्ने योजना थियो । स्वीडेनमा असान्जमाथि यौन दुव्र्यवहारको एउटा मुद्दा विचाराधीन छ भने संयुक्तराज्य अमेरिकाले असान्जमाथि जासुसीको आरोप लगाएको छ । अमेरिकामा असान्ज दोषी ठहरिए १७५ वर्षको जेलसजाय हुनेछ ।

बेलायती न्यायाधीश भानिसा बाराइजरका अनुसार छिटोमा आगामी नोभेम्बर २ देखि मात्र असान्जमाथिको मुद्दाको सुनुवाई हुन सक्छ । सुनुवाई करिब तीन साताको हुनेछ ।

असान्जलाई गत वर्ष अप्रिलमा लन्डनस्थित इक्वेडरको राजदूतावासबाट लन्डन प्रहरीले गिरफ्तार गरेको थियो । अमेरिकाले गिरफ्तार गर्ने र आफ्नो ज्यानको सुरक्षा नभएको भन्दै असान्जले उक्त दूतावासमा झण्डै ८ वर्षदेखि आश्रय लिएका थिए ।

यद्यपि विकिलिक्सका संस्थापक असान्जले अमेरिकाविरुद्ध जासुसीको आरोप खण्डन गर्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू