बिहीबार, चैत १५, २०८०
08:50 | १४:३५

भूतपूर्व गोर्खाको कार जलाउनेमाथि कारवाही माग

नेपाली लिङ्क अप्रिल २२, २०२०

लन्डन । गत साता बेलायतको मेडस्टोनमा एकै समयमा दुई भूतपूर्व गोर्खाका कार जलाउनेमाथि कारवाही गर्न तीव्र दवाव बढेको छ ।

‘यूके नेपाल फ्रेण्डसीप सोसाइटी’ले मंगलबार केन्ट पुलिस र स्थानीय राजनीतिज्ञहरुलाई पत्र लेख्दै घट्नाको छानवीन र दोषीमाथि कडा कारवाही माग गरेको हो ।

गत साता भूतपूर्व गोर्खाहरु रामकुमार लिम्बु र वसन्त मादेनको घर अगाडि पार्किंग गरि राखिएका दुई गाडीमा आगजनी भएको थियो । पीडितले उक्त घट्नालाई कोरोना भाइरससंग जोडिएको ‘घृणित अपराध’ भन्दै आएका छन् ।

सोसाइटीका अध्यक्ष अलान मर्केल सान्काले घट्नालाई ‘कायरतापूर्ण अपराध’ भन्दै एसियनमाथि गरिएको जातीय आक्रमण भनेका छन् ।

उनले गोर्खाहरुको बहादुरी, इमान्दारिता र बलिदान स्मरण गर्दै स्थानीय निकायहरुलाई युवापुस्तामा गोर्खा योगदानबारे शिक्षित तुल्याउन पनि सुझाएका छन् ।

केन्ट प्रहरीका डिष्ट्रिक्ट कमाण्डर चिफ इन्सपेक्टर रे क्वीलरले यस्ता घट्ना दुर्लभ हुने भएपनि यसको समुदायमा पर्ने प्रभावबारे आफूले बुझेको बताएका छन् ।

केन्ट प्रहरीले अनुसन्धान जारी रहेको तर अहिलेसम्म कोही गिरफ्तार नभएको जनाएको छ । प्रहरीले घट्नाबारे जानकारी भए आफूलाई अवगत गराउन पनि आग्रह गरेको छ ।

प्रहरीले पीडितसंग सम्पर्कमा रहेको जनाउंदै घट्नामा जिम्मेवार व्यक्तिको खोजी र भविष्यमा यस्ता आर्सन आक्रमण नदोहोरिन तदारुकताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू