शुक्रबार, वैशाख १४, २०८१
19:43 | ००:२८

कोरोनाभाइरसबाट विश्वभर एक लाख ६१ हजारको मृत्यु

२३ लाख ५० हजारभन्दा बढी सङ्क्रमित

रासस-एएफपी अप्रिल १९, २०२०

पेरिस । कोरोनाभाइरस सङ्क्रमणका कारण आइतबारसम्म विश्वभर एक लाख ६१ हजार ९०४ व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये झण्डै दुई तिहाई सङ्ख्या यूरोपको रहेको विभिन्न देशका स्वास्थ्य तथा गृह मन्त्रालयहरूले ‘एएफपी’लाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

विश्वभर एक लाख ६१ हजार ९०४ जनाको मृत्यु भएको छ भने यसको करिव दुई तिहाई अर्थात् एक लाख ७९४ जनाको यूरोपमा मृत्यु भएको छ ।

युरोपमा कोरोनाभाइरस सङ्क्रमण १० लाख ७९ हजार ६५० जनामा देखिएको छ । यस भाइरसको सङ्क्रमणबाट बढी प्रभावित यूरोपेली मुलुकहरूमा इटली, स्पेन, फ्रान्स, बेलायत, जर्मनीलगायत छन् ।

कोरोना भाइरसको सङ्क्रमणका कारण संयुक्त राज्य अमेरिकामा ३९ हजार ६८ जनाको मृत्यु भएको छ भने इटलीमा २३ हजार २२७ जनाको मृत्यु भएको छ ।

त्यस्तै, स्पेनमा २० हजार ४५३, फ्रान्समा १९ हजार ३२३ र बेलायतमा १५ हजार ४६४ जनाको सङ्क्रमणका कारण आइतबारसम्म मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू