शुक्रबार, वैशाख १४, २०८१
14:04 | १८:४९

चीनबाट स्वास्थ्य सामग्री लिएर काठमाडौँ आइपुगे दुई जहाज

रासस अप्रिल १७, २०२०

काठमाडौँ । चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् ।

व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन बिहीबार राति ग्वाङ्जाओ उडेका थिए ।

दुवै जहाज शुक्रबार दिउँसो त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ । के–कति परिणाममा सामग्री ल्याइयो भन्ने खुलेको छैन ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले निगमका जहाज ‘चार्टर्ड’ गरेका थिए । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू