शनिबार, वैशाख ८, २०८१
22:08 | ०२:५३

नेपालमा दुई संक्रमित थपिए

रासस अप्रिल १३, २०२०

काठमाडौँ, १ वैशाख- नेपालमा कोभिड –१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कैलालीको लम्की र रौतहटमा एक-एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

यससँगै नेपालमा १४ जना कोरोना सङ्क्रमित भएको पाइएको छ । उनीहरु दुवै भारतबाट आएको जनाइएको छ । प्रवक्ता देवकोटाले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुलाई सङ्क्रमण देखिएको जानकारी दिए ।

सङ्क्रमितमध्ये रौतहटका १९ वर्षीय पुरुष तथा लम्कीकी ६५ वर्षीया महिला हुन् । ती महिला भने लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकी छन् ।

अहिलेसम्म कैलालीमा छ, बागलुङ र काठमाडौँमा दुई/दुई तथा रौतहटमा एक र पर्सामा तीन कोरोना सङ्क्रमित फेला परेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू