शनिबार, वैशाख ८, २०८१
23:05 | ०३:५०

निरौला हिमालय मेल डटकमको प्रधान सम्पादक

नेपाली लिङ्क अप्रिल १३, २०२०

लन्डन । लन्डनस्थित पत्रकार बिपिन निरौला हिमालय मेल डटकमको प्रधान सम्पादक नियुक्त भएका छन् । निरौलाको सम्पादकीय नेतृत्वमा अब हिमालय मेलले अझ निष्पक्ष र व्यवसायिक पत्रकारितामार्फत पाठक र नेपाली समाजलाई सुसूचित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।

विगत एक दशक भन्दा बढि समयदेखि बेलायतमा रहेर पत्रकारितामा संलग्न निरौला नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष, युनियनको संस्थापक संयोजक, नेपाल पत्रकार महसंघ बेलायतको संस्थापक सदस्य र बर्तमान सल्लाहकार समेत छन् ।

देशान्तर, घट्ना र विचार लगायत मिडियामा काम गरिसकेका निरौला हाल एभिन्यूज टेलिभिजनका लागि यूके संवाददाताका रुपमा सक्रिय छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू