शुक्रबार, वैशाख ७, २०८१
00:14 | ०४:५९

कोरोनाकै कारण रेडिङका भूपू गोर्खा लक्षिणबहादुरको निधन

'हट्टाकट्टा' थिए गुरुङ

नेपाली लिङ्क अप्रिल १३, २०२०

बेलायतको रेडिङमा बस्दै आएका भूपू गोर्खा लक्षिणबहादुर गुरुङको सोमबार बिहान ७ बजे निधन भएको हो ।

लण्डन । कोरोना भाइरस ( कोभिड १९) को संक्रमणले बेलायतमा थप एक जना नेपालीको ज्यान लिएको छ ।

६५ वर्ष उमेरका ‘हट्टाकट्टा’ भूपू गोर्खा लक्षिणबहादुर गुरुङको सोमबार बिहान ७ बजे निधन भएको हो ।

बेलायतको रेडिङमा बस्दै आएका गुरुङको स्थानीय रेडिङ बर्कशायर अस्पतालमा उपचारका क्रममा निधन भएको मृतकका आफन्त समेत रहेका समाजसेवी एवम् व्यवसायी कमल कोने गुरुङले नेपाली लिंकलाई जानकारी दिएका छन् ।

उनका अनुसार पछिल्लो १०/१२ दिनअघि अस्पताल भर्ना भएका गुरुङ १ सातादेखि ‘भेन्टिलेटर’मा थिए । उनमा कोरोनाको संक्रमण पुष्टी भएको थियो ।

मृतक गुरुङका श्रीमती र दुई छोरी बेलायतमै छन् भने अर्की एक छोरी नेपालमा । पुख्र्यौली घर कास्कीको घान्द्रुक भएका उनको पछिल्लो समय पोखराको दीपमा पनि घर थियो । घान्द्रुक समाज रेडिङमा समेत उनी केहि वर्ष पहिला अध्यक्ष थिए ।

‘६ जिआर डब्लुओ २’ का रिटायर्ड गोर्खा गुरुङ निकै हट्टाकट्टा र तन्दुरुस्त थिए । निकट स्रोतका अनुसार धुमपान, मद्यपान केहि नगर्ने उनको स्वास्थ्य समेत निकै राम्रो रहेको थियो ।

‘निकै फूर्तिलो र स्वस्थ हुनुहुन्थ्यो । नियमित व्यायाम र साइकिलिङ पनि गर्नुहुन्थ्यो । तर कोरोनाले आक्रमण गरेपछि रिकभर हुन सक्नुभएन’, केहि वर्षअघि साढे ५ दिन लगाएर एडिनबरादेखि रेडिङसम्म गुरुङसंगै ‘साइकिलिङ’ गरेका तमु धिं यूकेका संस्थापक अध्यक्ष मिन कोन्मेइ तमुले नेपाली लिंकसंग भने ।

अहिलेसम्म सार्वजनिक भएअनुसार कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली ८ पुगेका छन् । जसमध्ये ६ जना पूर्व गोर्खा सैनिक छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू