शनिबार, वैशाख ८, २०८१
04:48 | ०९:३३

प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमणमा

रासस मे ३१, २०२३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भारत भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री दाहाल मध्याह्न १३:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री दाहाललाई विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायत विशिष्ट पदाधिकारीले बिदाइ गरेका थिए ।

सो अवसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू