गोर्खा मुद्दामा बेलायतसंगको अर्को वार्ता जुन १५ मा



फाइल तस्विर: त्रिपक्षीय वार्ताका सहभागीहरु
लन्डन । भूतपूर्व गोर्खाहरुको मुद्दामा बेलायत सरकारसंगको अर्को वार्ता आगामी महिना हुने भएको छ । जुन १५ तारिख बिहान ११ बजे लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा वार्ता तय भएको छ ।
भूतपूर्व गोर्खाहरुको समान पेन्सनसहितका विभिन्न मागमा बेलायत तथा नेपाल सरकार र गोर्खाहरुसमेतको सहभागितामा चरणबद्ध रुपमा वार्ता हुँदै आएको छ । सोहि वार्ताको निरन्तरतास्वरुप अर्को चरणमा फेरि वार्ता हुन लागेको हो ।
यसैबीच, वार्ताका दिन बेलायती रक्षा मन्त्रालयबाहिर भेला भएर दबाब बढाउने योजना गोर्खाहरुले गरेका छन् ।
गोर्खा सत्याग्रह संघर्ष समितिकी महासचिव सइन्द्र केसी थापाले गोर्खाहरुको अधिकारको पक्षमा ऐक्यबद्धता जनाउन आवश्यक रहेकाले सबैको सहभागिताका लागि आव्हान गरेकी छन् ।जसका लागि बिहान साढे १० बजे गोर्खा स्मारक अगाडि भेला हुन आग्रह गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५