शनिबार, वैशाख ८, २०८१
07:16 | १२:०१

बीसीसी यूकेद्वारा तीर्थ लामाको विदाई

नेपाली लिङ्क मे ३०, २०२३

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले गत डिसेम्बरदेखि गुम्बामा रहँदै आएका आर्ट लामा खैबा तीर्थ गुरुङलाई विदाई गरेको छ । 

गत २६ मे शुक्रबार उनलाई बीसीसी यूकेका धर्म गुरुहरु टुल्कु जिग्मे सामतेन, खेन्पो फुर्तेम्बा, अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला (इन्द्र) गुरुङलगायत कार्यसमितिका पदाधिकारी, पूर्व अध्यक्षहरु, सल्लाहकार, आमाहरु, भक्तजनलगायतले खादा लगाई विदाई गरे । 

उक्त विदाई कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङले खैबा तीर्थ गुरुङले आफ्नो छोटो बसाईमा बीसीसी यूकेलाई दिएको अमूल्य समयको प्रशंसा गर्दै धन्यवाद दिएका थिए । 

सरल स्वभावका खैबा तीर्थ गुरुङले बीसीसी यूकेको अल्डरसटस्थित गुम्बाको मेडिटेशन हलमा पञ्च बुद्धको चिन्ह, स्वर्ण चत्र, अष्टपूजा देवीको चित्रहरु कोरेका थिए जुन सहभागीहरुले खुलेर प्रशंसा गरे ।

सो अवसरमा खैबा तीर्थ लामाले बीसीसी यूके परिवारले दिएको मायाको प्रसंशा गर्दै आफूलाई भक्तजनहरुको सेवा गर्ने अवसर दिएकोमा अध्यक्षलगायत गुम्बा परिवारलाई धन्यवाद दिए । 

सेचन गुम्बा बौद्ध काठमाण्डौंमा कार्यरत खैबा तिर्थ गुरुङ बीसीसी युकेको निमन्त्रणामा दोस्रोपटक बेलायत आएका थिए । ५ महिनाको बेलायत बसाई पश्चात उनी नेपाल फर्किन लागेका हुन् । 


उक्त कार्यक्रममा बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ, निवर्तमान अध्यक्ष धर्म तामाङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार जंगबहादुर गुरुङ, उपाध्यक्ष क्याप्टेन देव घले, महासचिव मेजर हितमान गुरुङ, आमा सचिव शारदा गुरुङलगायत आमाहरुको उपस्थिति थियो । 

बीसीसी यूके अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त विदाई कार्यक्रम महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए । 

गत २७ मे शनिबार बीसीसी यूके परिवार, भक्तजन, आफन्तजन र आमाहरुले गुम्बा र हिथ्रो एयरपोर्टबाट विदाई गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू