बिहीबार, वैशाख १३, २०८१
16:21 | २१:०६

तीस अर्बले घट्यो भौतिक पूर्वाधारको बजेट, खुद्रे आयोजना हटाइयो

रासस मे २९, २०२३

अर्थमन्त्री डा प्रकाशशरण महत आव २०८०-०८१ को लागि अनुमानित आय व्यय विवरण प्रस्तुत गर्न सभाकक्ष प्रवेश गर्दै । तस्बिर-रासस

काठमाडौं, १५ जेठ–सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि रु एक खर्ब ३१ अर्ब ५९ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भएर नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरेपछि भौतिक पूर्वाधार मन्त्रालयको बजेट ३० अर्बले घटेको बताए ।
चालु आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि रु एक खर्ब ६१ अर्ब ५६ करोड बजेट विनियोजन गरिएको थियो । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू