बिहीबार, चैत १५, २०८०
11:14 | १६:५९

बेलायती प्रधानमन्त्रीले टारे खतरनाक आर्थिक मन्दी

बेलायतका प्रधानमन्त्रीको १०० दिन

रासस/एपी फ्रेब्रवरी २, २०२३

बेलायती प्रधानमन्त्री ऋषि सुनक । तस्बिर एपी

लण्डन, १९ माघ–बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बिहीबार आफ्नो कार्यकालको १०० दिन पूरा गरेका छन् ।

उनले आफ्नो बायाँतिर आक्रोशित युनियन, दायाँतिर कन्जरभेटिभ पार्टीका सांसद र बीचमा लाखौं मतदातालाई चुनावी हार टार्नका लागि जिताउनुपर्ने बताएका छन् ।

सुनकका लागि यो एक कठिन स्थिति हो । उनको पूर्ववर्ती लिज ट्रसकोभन्दा दोब्बर भन्दा बढी दिन हो । ट्रसको कर कटौतीको योजनाले आतंक मच्चाएपछि कन्जरभेटिभ नेताका रूपमा स्थापित ४२ वर्षीय सुनकले अक्टोबर २५ मा प्रधानमन्त्री पद सम्हालेका थिए । उनको आगमनले वित्तीय बजार शान्त पार्नुका साथै खतरनाक आर्थिक मन्दीबाट जोगाएको छ ।

अर्को, दुई शताब्दीका लागि बेलायतका सबैभन्दा कान्छो नेता र दक्षिण एसियाली विरासतका पहिलो प्रधानमन्त्री सुनकले बढ्दो मुद्रास्फिति नियन्त्रण, सुस्त अर्थतन्त्रलाई वृद्धि गर्ने, अत्यधिक बोझले थिचिएको स्वास्थ्य सेवा प्रणालीमाथिको दबाब कम गर्ने र पूर्व प्रधानमन्त्री बोरिस जोन्सनको नेतृत्वमा वर्षौंको घोटालापछि ‘निष्ठालाई राजनीतिमा फर्काउने’ वाचा गरेका छन् ।

सुनकले यसै साता स्वास्थ्यकर्मीको एक समूहलाई भनेका थिए, “म प्रधानमन्त्री हुनुभन्दा पहिले जे भएको थियो, त्यसमा म केही गर्न सक्दिनँ । “मलाई के लाग्छ भने तपाईंले मलाई मेरो निगरानीमा उत्पन्न हुने कुराहरूको सामना कसरी गर्छु भन्नेमा केन्द्रित हुन जरूरी छ ।”

इन्स्टिच्युट फर गभर्नमेन्ट थिंक ट्यांककी वरिष्ठ सदस्य जिल रुटरले बेलायतमा ‘पूर्णतया भद्रगोल सरकार छ’ भन्ने धारणा हटाउन सुनक सफल भएको बताइन् ।
उनले भनिन्, “अहिले ठोस उपलब्धिहरू देख्न अलि गाह्रो छ ।”

सुनक बेलायतका पूर्व ट्रेजरी प्रमुख हुन् । उनको उच्च प्राथमिकता देशको आर्थिक अवस्था सुदृढ गर्नु रहेको छ । यहाँको कुल गार्हस्थ्य उत्पादन कोरोना भाइरस महामारी अघिको तुलनामा न्यून छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले यसै हप्ता अनुमान गरेअनुसार बेलायत यस वर्ष आर्थिक संकुचन हुने एक मात्र प्रमुख अर्थव्यवस्था हुनेछ । बेलायतले यो बर्ष ०.६ प्रतिशतको आर्थिक संकुचन व्यहोर्ने प्रक्षेपण अर्थशास्त्रीहरूले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू