श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेमा नयां नेतृत्व चयन



लन्डन । श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेमा नयां नेतृत्व चयन भएको छ ।
५ जुलाई शनिबार अल्डरसटस्थित अल्डरवुड लेजर सेन्टरको सभाहलमा सम्पन्न भेलाले धिरज गुरुङको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा कमल गुरुङ, सचिव प्रशन्न गुरुङ (पुनः निर्वाचित), कोषाध्यक्ष कमल गुरुङ, खाद्य संयोजक बुद्धि गुरुङ (पुनः निर्वाचित), सांस्कृतिक सचिव श्रीमती पूजा गुरुङ (पुनः निर्वाचित) र सम्पत्ति सचिवमा गौतम गुरुङ निर्वाचित भए ।
नव निर्वाचित अध्यक्ष धिरज गुरुङले समाजको गौरवशाली परम्परालाई निरन्तरता दिँदै नयाँ उचाइमा पुरयाउने प्रतिवद्धता व्यक्त गरे । उनले निवर्तमान पदाधिकारीहरूलाई खादा, पुष्पगुच्छा र मायाको चिनो प्रदान गर्दै विदाई गरेका थिए ।
तीन वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेपछि छैटौं कार्यसमितिले सातौं कार्यसमितिलाई पद हस्तान्तरण ग¥यो ।
भेलाले नयाँ कार्यसमिति चयनसंगै समाजको भावी कार्यदिशा समेत निर्धारण गरेको छ ।
यसअघि समाजका अध्यक्ष जङ्ग बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, नेपालबाट आएका धर्मगुरु बज्र आचार्य दोर्जे लोपेन जन्त गुरुङ लामा सहित समाजका जेष्ठ सदस्यहरू श्रीमती राजकुमारी गुरुङ, श्रीमती अकला देवी गुरुङ, पूर्णबहादुर गुरुङ तथा संस्थापक अध्यक्ष कृष्णप्रसाद गुरुङको संयुक्त उपस्थितिमा दीप प्रज्वलन गरी गरिएको थियो ।
कार्यक्रम सञ्चालन समाजका महासचिव प्रशन्न गुरुङले गरेका थिए । यस अवसरमा स्वास्थ्य तथा सुरक्षासम्बन्धी जानकारी प्रस्तुत गरिएपछि नेपाल र बेलायतमा गत वर्षदेखि हालसम्म दिवंगत भएका सदस्यहरूको स्मृतिमा एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
समाजका उपाध्यक्ष गोपाल गुरुङले स्वागत मन्तव्य राख्दै वार्षिक भेलाको औचित्य, उद्देश्य र समाजका गतिविधिबारे प्रकाश पारे । उनले उपस्थित सबैप्रति स्वागतसहित आभार व्यक्त गरेका थिए ।
भेला अवसरमा समाजले विभिन्न क्षेत्रमा योगदान पु¥याउने तथा उत्कृष्ट प्रदर्शन गर्ने सदस्यहरूलाई सम्मान गरेको छ ।
नवप्रवेशी सदस्यहरूलाई स्वागत गर्नुका साथै ६६ वर्ष र ८४ वर्ष पुगेका जेष्ठ नागरिकहरूको सम्मान गरियो। यसैगरी, उच्च शिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू, सैनिक सेवामा पदोन्नति प्राप्त सदस्यहरू र नवविवाहित दम्पतिलाई पनि सम्मान गरिएको थियो।
समाजका अध्यक्ष जङ्ग बहादुर गुरुङले खादा, पुष्पगुच्छा र मायाको चिनो प्रदान गर्दै उक्त सम्मान गरेका हुन् ।
कार्यक्रममा नेपालबाट आएका साङ ङाग दोर्जे छ्योइलिङ गुम्बाका मूलगुरु बज्र आचार्य लोपेन जन्त गुरुङलाई विशेष स्वागत तथा सम्मान गरियो। धर्मगुरुले ‘बेलायतमा भए पनि आफन्तहरूसँग बसेर गाउँकै अनुभूति भयो’ भन्दै समाजप्रति कृतज्ञता प्रकट गरे । उनले आफ्नी दिवंगत आमाको स्मृतिमा समाजलाई पाँचसय पाँच पाउन्ड आर्थिक सहयोगसमेत प्रदान गरे ।
प्रमुख अतिथि तथा तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र उनकी धर्मपत्नी तथा तमुधिं यूके आमा समूहकी अध्यक्ष श्रीमती कमला गुरुङलाई पनि खादा, फेटा, दोसल्ला र पुष्पगुच्छासहित स्वागत तथा सम्मान गरिएको थियो ।
गुरुङले आफ्नो हालैको नेपाल भ्रमणको अनुभव सुनाउँदै आर्थर डाँडाखर्क गाउँको ऐतिहासिक गुम्बा अवलोकन, स्थानीयको सद्भावपूर्ण स्वागत, र समाजको सहयोगप्रति आभार व्यक्त गरे । उनले श्री पञ्चकोशी समाज पोखराका अध्यक्ष कमल गुरुङ र समाजकी चेली श्रीमती मञ्जु गुरुङ राईलाई नेपाल भ्रमणका क्रममा उत्कृष्ट व्यवस्थापनका लागि धन्यवाद दिए ।
साथै, उनले २०२५ मा तमुधिं युकेद्वारा आयोजना गरिने नेपाली मेलामा समाजका सम्पूर्ण सदस्यहरूलाई सहभागिता जनाउन समेत आह्वान गरे ।
समाजले १७ वर्ष पूरा गरी १८औँ वर्षमा प्रवेश गरिरहेको सन्दर्भमा निवर्तमान अध्यक्ष जङ्ग बहादुर गुरुङले छैटौँ कार्यसमितिको तीन वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरी सातौँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको जानकारी गराएका थिए । उनले सातौँ कार्यसमितिका नवनिर्वाचित अध्यक्ष धिरज गुरुङ र उनको कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिए । नयाँ नेतृत्वले समाजलाई अझ मजबुत, संगठित र समुन्नत बनाउने विश्वास उनको थियो ।
गत तीन वर्षको कार्यकालमा प्राप्त निरन्तर समर्थन र विश्वासप्रति गहिरो आभार व्यक्त गर्दै निवर्तमान अध्यक्ष गुरुङले आफ्नो कार्यकालका मुख्य उपलब्धिमा आर्थर डाँडाखर्क गाउँको ऐतिहासिक गुम्बा पुनर्निर्माणमा ५ लाख रुपैयाँभन्दा बढी सहयोग, पोखरामा स्वास्थ्य उपचार गराइरहेका गाउँका पीडित सदस्यहरूलाई आर्थिक सहयोग, बेलायतस्थित सदस्यहरूको सुख–दुःखमा निरन्तर सहकार्य गरिएको उल्लेख गरे ।
उनले सम्पूर्ण सहभागी र अतिथीहरुलाई भेटघाट, आत्मीयता, सहकार्य र स्मृतिहरू बाँडेकामा धन्यवाद पनि दिए ।
भेलामा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिए । स्थानीय कलाकारहरू मिरा गुरुङ, युवारानी गुरुङ, साया गुरुङ, सायारा गुरुङ, पूजा गुरुङ र सम्झना गुरुङले आ–आफ्ना प्रस्तुति दिए। नेपालबाट आएका राष्ट्रिय कलाकार बलचन्द्र बराल र अनुपा मगरको विशेष प्रस्तुतिले कार्यक्रममा थप रौनक थप्यो।
डिजे टंक शेरचनको संगीतमा सहभागीहरूले नाचगानमा भरपुर सहभागिता जनाए। कार्यक्रमको अन्त्यमा सांस्कृतिक सचिव पूजा गुरुङ र कोषाध्यक्ष सालिकराम गुरुङको संयोजनमा १० वटा नगद तथा आकर्षक पुरस्कारसहितको राफल ड्र पनि आयोजना गरिएको थियो ।
अध्यक्ष गुरुङले वार्षिक भेला सफल बनाउन योगदान दिने सबैप्रति आभार व्यक्त गरे । कार्यक्रममा आर्थिक सहयोगदाता धर्मगुरु लोपेन जन्त गुरुङ, समिर गुरुङ, श्रीमती ममता गुरुङ, धन प्रसाद गुरुङ, श्रीमती अकला देवी गुरुङ, श्रीमती राम माया गुरुङ, खेम कुमार गुरुङ, बम बहादुर गुरुङ, श्रीमती जगत कुमारी गुरुङ, श्रीमती हरिमाया गुरुङ, कनिन गुरुङ, श्रीमती सूर्य देवी गुरुङ, ले. रि. थमन गुरुङ, पूर्ण बहादुर गुरुङ, श्रीमती दिल कुमारी गुरुङ, सुश्री दुची गुरुङ, विनोद गुरुङ, कृष्ण कुमारी गुरुङ, राम चन्द्र गुरुङ र श्रीमती चन्द्र देवी गुरुङलाई धन्यवाद व्यक्त गरियो ।
कार्यक्रम संयोजनमा सहयोग पुरयाउने उपाध्यक्ष गोपाल गुरुङ, महासचिव प्रशन्न गुरुङ, खाद्य संयोजक बुद्धि गुरुङ, प्रोपर्टी सचिव राजेश गुरुङ, सांस्कृतिक संयोजक पूजा गुरुङ, मनोरञ्जन संयोजक भागीराम गुरुङ, सल्लाहकारहरू राजबहादुर गुरुङ र शिव कुमार गुरुङलाई विशेष धन्यवाद व्यक्त गरिएको थियो। यसैगरी, फोटोग्राफर गौतम गुरुङ, खाना व्यवस्थापनमा गोर्खा किचेन र डिजे टंक शेरचनलाई पनि धन्यवाद व्यक्त गरियो ।
कार्यक्रममा गोर्खा किचेन क्याटरिङ सर्भिसमार्फत स्वादिष्ट भोजन व्यवस्थापन खाद्य संयोजक बुद्धि गुरुङको संयोजनमा गरिएको थियो भने पेयपदार्थ प्रायोजन अध्यक्ष जङ्ग बहादुर गुरुङले गरेका थिए ।
श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूके सन् २००८ जुलाई १२ मा स्थापित एक गैर–नाफामूलक संस्था हो। पर्वत जिल्ला, कुस्मा नगरपालिका–१४, गण्डकी प्रदेशअन्तर्गत पर्वत, कास्की र स्याङ्जाको सिमानामा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वको पञ्चासे डाँडाको फेदीमा रहेको आर्थर डाँडाखर्क गाउँका प्रवासी नेपालीहरूलाई संगठित गर्दै, आपसी समझदारी, सहयोग, सांस्कृतिक संरक्षण तथा एकताको भावना विकास गर्ने उद्देश्यका साथ समाजको स्थापना गरिएको हो।
शिव कुमार गुरुङ, लन्डन
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५