शुक्रबार, वैशाख ७, २०८१
13:21 | १८:०६

विष्णु र पूजा अभिनित पवन गिरीको नयाँ गीत रिलिज (भिडियो)

नेपाली लिङ्क अगस्ट २५, २०२१

लन्डन । बेलायतमा पछिल्लो समय समाजसेवी एवम् सफल व्यवसायीका रुपमा चिनिएका विष्णु खरेल आफ्नो कलाकारितामा पनि सक्रिय बन्दै गएका छन् ।  

एनआरएनए यूकेको हालै सम्पन्न निर्वाचनमा ‘पपुलर’ मत ल्याएर कोषाध्यक्ष पदमा निर्वाचित उनको अभिनयमा एक अर्को एक म्यूजिक भिडियो सार्वजनिक भएको छ ।  

विष्णु अभिनित ‘म जे छु’ बोलको गीतको म्यूजिक भिडियो बुधबार रिलिज गरिएको छ । जुन गीतमा स्वर र संगीत युवा पुस्तामाझ ठूलो लोकप्रियता कमाएका गायक पवन गिरीले दिएका छन् ।  

यसअघि गायक गिरीकै ‘मनको व्यथा’ गीतमा अभिनय गरेका विष्णुले  फेरि अर्को भिडियोमा उनीसँग सहकार्य गरेका हुन् ।

‘म जे छु’ को म्यूजिक भिडियोमा विष्णुसंगै मोडल पूजा गिरीको अभिनय छ । भिडियोको निर्देशन वरुण कोइरालाले गरेका छन् । गीतमा शब्द भने सम्झना शाक्यको छ ।  

‘म जे छु’ विष्णुले अभिनय गरेको चौंथो  म्यूजिक भिडियो हो । यससंगै उनले बेलायतमा दुई र नेपालमा दुई प्रोजेक्ट पूरा गरेका छन् ।  

शौखका कारण पहिलोपटक म्यूजिक भिडियोमा अभिनय गरेका विष्णु आफ्नो कामबारे प्राप्त प्रतिक्रियाहरुपछि थप उत्साहित बनेको बताउंछन् ।  

‘राम्रा टीमहरुसँग काम गर्ने अवसर पाउंदा नाइ भन्न नचाहेको हुँ । दर्शकहरुले ठीक छ भन्नुभयो भने निरन्तरता दिंदै जानेछु’ उनले  भने ।  

हेरौं भिडियो:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू