शुक्रबार, वैशाख ७, २०८१
00:16 | ०५:०१

बेलायतमा कोरोना मृतक संख्या अक्टोबर यताकै कम  

४ हजार ६१८ नयां संक्रमित

नेपाली लिङ्क मार्च १४, २०२१

लन्डन । बेलायतमा दैनिक कोरोना मृतकको संख्या अक्टोबर यताकै सबैभन्दा कम भएको छ । पछिल्लो २४ घन्टामा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड  सोसल केयर’ ले जानकारी दिएको छ ।

यससंगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २५ हजार ५१६ पुगेको छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ४ हजार ६१८ जना नयां संक्रमित थपिएका छन् । थपिएका नयां संक्रमितसंगै बेलायतमा संक्रमितको संख्या ४२ लाख ५८ हजार ४३८ पुगेको छ ।

बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या घटेर ८ हजार २९ जनामा झरेको छ भने भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ११० रहेको स्वास्थ्य विभागले जनाएको छ ।

दुई करोड ५७ लाख बढी खोप वितरण

बेलायतमा हालसम्म दुई करोड ५७ लाख भन्दा बढी डोज भ्याक्सिन वितरण भैसकेको छ । आइतबारसम्म  खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ५७ लाख ८१ हजार १२० पुगेको छ ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ४१ लाख ९६ हजार २११जनाले पहिलो डोज लिएका छन् भने १५ लाख ८४ हजार ९०९ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू