बिहीबार, वैशाख ६, २०८१
08:29 | १३:१४

बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार

रासस/एएफपी मार्च ५, २०२१


लन्डन । बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार भएको चिकित्सकहरुले जानकारी दिएका छन् ।

बेलायती महामारी एलिजावेथ द्वितीयका श्रीमान् ९९ बर्षीय फिलिपलाई लामो समयदेखि मुटुसम्वन्धी समस्या भएकाले अहिले उपचार भइरहेको छ ।

स्वास्थ्यमा सुधार भएकाले फिलिपले सहज महसुस गर्दै गएको बेलायती राजदरबार स्रोतले बिहीबार जनाएको छ ।

उनलाई सुरुमा भर्ना गरिएको अस्पतालबाट गत सोमबार अर्को अस्पताल स्थानान्तरण गरिएको थियो । झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार गराइरहेकोमा अपेक्षित सुधार नभएपछि उनलाई अर्को अस्पताल लैजानु परेको अधिकारीहरुको भनाइ छ ।

लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट राजकुमार फिलिपलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालमा स्थानान्तरण गरिएको हो । त्यहाँ लगेको केही दिनमै उनको स्वास्थ्यमा सुधार आएको दरबारले नै जनाएको छ ।

राजकुमार फिलिपले आउँदो जुन १० मा १०० औँ जन्मोत्सव मनाउने तयारी छ । उनकी श्रीमती महारानी एलिजावेथ द्वितीय भने अहिले ९४ वर्ष भइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू