मंगलबार, वैशाख ४, २०८१
14:58 | १९:४३

सरकार र चन्द समूहको पहिलो वार्ता सकारात्मक

रासस मार्च ३, २०२१

नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पहिलो चरणको वार्तामा सहभागी सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा …बादल’ र चन्द समूहका तर्फबाट खडेगबहादुर विश्वकर्मा …प्रकाण्ड’ सहित वार्ता टोलीका सदस्यद्वयहरु । तस्बिर सौजन्य- प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ । नेपाल सरकार र नेत्रविक्रम चन्द समूहबीच आज पहिलो चरणको वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सम्पन्न वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले जानकारी दिए ।

सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा मङ्गलबार अलगअलग वार्ता समिति सार्वजनिक भएको थियो ।

हिंसात्मक गतिविधिमा प्रतिबन्ध लगाइएको सो समूह राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयमा वार्ता र संवाद गर्न तयार भएपछि वार्ता प्रक्रिया अघि बढेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू