मंगलबार, वैशाख ११, २०८१
14:48 | १९:३३

बेलायतमा ओरालो लाग्दै कोरोना भाइरस

संक्रमण दरमा ४० प्रतिशतले  कमी

नेपाली लिङ्क फ्रेब्रवरी २८, २०२१

लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमण र मृतक संख्या निरन्तर ओरालो लाग्दै गएको तथ्यांकले देखाएको छ । पछिल्लो तथ्याँक अनुसार कोरोना संक्रमण दरमा करिब ४० प्रतिशतले  कमी आएको बताइएको छ ।

आइतबार थप ६ हजार ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । दैनिक संक्रमित संख्या गत सेप्टेम्बर यताकै सबैभन्दा कम हो ।

थपिएका नयां संक्रमितसंगै बेलायतमा कुल संक्रमितको संख्या ४१ लाख ७६ हजार ५५४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप १४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैनिक मृतक संख्या पनि धेरै पछिको सबैभन्दा न्यून हो । तर, सामान्यतया आइतबार र सोमबार सार्वजनिक गरिने तथ्यांकमा वास्तविक भन्दा कम हुने गर्दछ ।

यससंगै बेलायतमा हालसम्म एक लाख २२ हजार ८४९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू