शनिबार, वैशाख ८, २०८१
23:49 | ०४:३४

बुद्धिष्ट कम्युनिटी सेन्टर यूके धर्म तामाङको नेतृत्वमा

नेपाली लिङ्क फ्रेब्रवरी २८, २०२१

लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेमा नयां नेतृत्व चयन भएको छ । आइतबार भएको भर्चुअल अधिवेशनले धर्म तामाङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

दुई कार्यकाल उपाध्यक्ष भइसकेका तामाङ त्यसअघि ट्रष्टी समेत थिए । सन् २००७ मा बीबीसी यूके स्थापना भएदेखि नै तामाङ संस्थामा सक्रिय थिए ।

नवनियुक्त अध्यक्ष तामाङले बीसीसी यूकेलाई विभिन्न शहरमा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उक्त संस्थाको लन्डनमा यसअघि नै शाखा स्थापना भइसकेको छ ।

अध्यक्ष तामाङले वेष्ट लन्डनमा बौद्ध गुम्बा निर्माण प्रक्रियालाई अगाडि बढाउने, वौद्ध दर्शन सम्बन्धि प्रशिक्षणलाई निरन्तरता दिने जस्ता
आफ्नो योजना रहेको पनि नेपाली लिंकलाई बताए ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा हर्क बहादुर गुरुङ र आङदावा शेर्पा, महासचिवमा रोबिन गुरुङ, सचिवमा डा. नावाङ्ग शेर्पा, कोषाध्यक्षमा मेजर हितमान गुरुङ, सहकोषाध्यक्षमा पुर्णिमा गुरुङ, धर्म निर्देशकमा खेन्पो छेवाङ्ग, पुजा संयोजकमा आइबहादुर गुरुङ, मिडिया सेक्रेटरीमा एसके गुरुङ, असिस्टेन्ट पब्लिक रिलेशन अफिसरमा जोय क्याम्पबेल, सदस्यहरुमा रिन्जी लामा शेर्पा र शान्ति शेर्पा चयन भएका छन् ।

त्यस्तै, आमा समूहको उप-प्रमुखमा जगना गुरुङ, सचिवमा शारदा गुरुङ, सहसचिवमा पवित्र गुरुङ, कोषाध्यक्षमा चन्द्र कुमारी गुरुङ, सहकोषाध्यक्षमा तुलसी गुरुङ, सदस्यहरुमा दिलु गुरुङ, यान्जी गुरुङ, अमृता गुरुङ, मनमाया गुरुङ, रेखा गुरुङ र प्रेमा गुरु चयन भएकी छन् । त्यस्तै, प्रोपर्टी सदस्यमा उषा गुरुङ र सहायक सदस्यमा टुक गुरुङ चयन भएकी छन् । कार्यसमितिले पछि थप सदस्यहरु चयन गर्ने जनाइएको छ ।

मेजर खुशीमान गुरुङ संयोजक र संस्थापक अध्यक्ष काजी शेर्पा तथा डा. कपिल रिजाल सदस्य रहेको निर्वाचन समितिले नयां कार्यसमिति चुनेको हो । धर्म गुरु लामा खेन्पो खुन्छयापले शपथ गराएका थिए ।

पत्रकार पूर्ण गुरुङका अनुसार, बिहान १०.३० बजे देखि शुरु साधारणभामा अध्यक्ष नरेश गुरुङले आफ्नो कार्यकालमा भएका विभिन्न कार्यबारे जानकारी गराए । त्यस्तै, आमा अध्यक्ष पुष्पा गुरुङले आमाहरुले गरेका विभिन्न कार्यबारे जानकारी दिइन् ।

संस्थापक अध्यक्ष ले.रि. काजी शेर्पाले बीसीसी यूकेको स्थापना, उद्देश्य, लक्ष्य लगायत बिषयमा ‘पावर पोइन्ट प्रिजेन्टेशन’ प्रस्तुत गरेका थिए । त्यस्तै, पूर्व अध्यक्ष ले.रि. नारायण प्रसाद गुरुङ (बीएमइ), पूर्व आमा प्रमुख ज्ञानुमाया गुरुङ, लण्डन शाखा अध्यक्ष गमर गुरुङ, लण्डन शाखा आमा प्रमुख अन्तिम गुरुङले शुभकामना मन्तब्य राखेका थिए ।

करिब ८० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा उपाध्यक्ष एवं प्रोजेक्ट मेनेजर हर्कबहादुर गुरुङले बीसीसी यूकेले हालै थपेको तला निर्माणबारे ‘पावर पोइन्ट प्रिजेन्टेशन’ दिएका थिए ।

त्यस्तै, महासचिव रोबिन गुरुङले कार्यसमितिको प्रतिवेदन र कोषाध्यक्ष दिनेश गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

बीसीसी यूकेका अध्यक्ष नरेश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष आङ्गदावा शेर्पाले स्वागत मन्तब्य दिएका थिए भने महासचिव रोबिन गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू