शुक्रबार, चैत १६, २०८०
10:00 | १५:४५

जोखिममा परेका भाषाबारे चिन्ता

नेपाली लिङ्क फ्रेब्रवरी २६, २०२१

लण्डन । अन्तर्राष्ट्रिय मातृभाषा दिवस आइतवार २१ फेब्रुअरीमा कविता र गीतहरूका साथ भर्चुअल प्लेटफर्ममा मनाइएको छ । 

‘संस्क्रुति सेन्टर फर कल्चरल एक्सिलेन्स युकेद्वारा आयोजित, “काव्यांजली” शीर्षकको कार्यक्रमले २७ भाषाहरूमा प्रकाश पारेको थियो, जसमा केही जोखिममा परेका भाषा समेत थिए।

कूटनीतिज्ञ, प्रख्यात साहित्यिक व्यक्तित्वहरू, प्रसिद्ध गायकहरू र समुदायका सदस्यहरूले उत्साहका साथ कार्यक्रममा भाग लिएका थिए। 

लद्दाखका प्रख्यात संगीतकार रिन्चेन वाचरले आफ्नो कविता मातृभाषामा बोल्ने महत्त्वमा प्रस्तुत गरे भने लोकप्रिय पंजाबी गायक अमरिंदर बब्बीले नारीको सम्मानमा हृदयस्पर्शी गीत गाए। उक्त समारोहमा कवि तथा समालोचक आचार्य दुर्गाप्रसाद पोख्रेलले आफ्नो नेपाली कविता प्रस्तुत गरेका थिए। उनले संक्षिप्तमा नेपाली भाषाको इतिहास र वर्तमान स्थितिको परिचय समेत गराएका थिए। 

वाचित कविताहरू विस्तृत श्रोताका लागि अंग्रेजीमा अनुवाद समेत गरिएको थियो। आयोजकले वाचित कविताहरूलाई एक संग्रहको रूपमा प्रकाशित गर्नेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू