शुक्रबार, चैत १६, २०८०
13:52 | १९:३७

गोर्खाहरुलाई ब्रिटिश नागरिकताको झन्झटिलो प्रक्रिया हटाउन प्रधानमन्त्रीलाई पत्र

नेपाली लिङ्क फ्रेब्रवरी २५, २०२१

लन्डन । भूतपूर्व गोर्खा तथा नेपालीसंग निकट रहेका रसमोर बरो काउन्सिलका काउन्सिलर तथा लिडर अफ काउन्सिल डेभिड क्लीफोर्डले प्रधानमन्त्री बोरिस जोन्सनलाई एक पत्र लेख्दै गोर्खाहरुको हितका सवालमा ध्यानाकर्षण गराएका छन् ।

उनले अल्डरसट, फार्नबरोस्थित सेवारत र भूपू गोर्खा सैनिकका लागि ब्रिटिश नागरिकता र ‘नेचुरलाइजेसन’ मा अवरोध हटाइ निशुल्क गर्न आग्रह गरेका हुन् ।

काउन्सिल गोर्खा, कमनवेल्थ तथा भूपू सैनिकको नागरिकता एवं सेटलमेन्ट सम्बन्धी अप्ठ्यारो अवस्था, आर्थिक बोझ, अनावश्यक झन्झटिलो प्रकृया विषयमा जानकार रहेको उल्लेख 
गर्दै क्लीफोर्डले पत्रमा रक्षा मन्त्रालयले उपरोक्त अवस्थालाई सहज, सरल एवं लचकता प्रदान 
गर्ने आशा पनि व्यक्त गरेका छन् ।

बेलायती सैन्य दस्तामा गोर्खा, कमनवेल्थ सैनिक तथा भेट्रानहरु उल्लेख्य संख्यामा रहेको स्मरण गर्दै पत्रमा उनीहरुले स्थानीय समुदायमा पुरयाएको योगदानका लागि काउन्सिलले कदर र सम्मान गर्ने पनि उल्लेख छ ।

क्लीफोर्डले गोर्खा र उनीहरुका परिवारसंग घुलमिल र सम्बन्ध विस्तार हुनुलाई उत्सवका रुपमा लिएको उल्लेख गर्दै यसलाई भविष्यमा पनि निरन्तरता दिने बताएका छन् ।

उनले पत्रमा ब्रिटिश सेनाको घरका रुपमा प्रसिद्ध अल्डरसट ग्यारिसन र गोर्खाहरुसंग घनिष्ठ सम्बन्ध हुनुलाई गौरवका रुपमा प्रस्तुत गर्दै गोर्खा मुद्धाहरुको समाधान छिटो गरिए आभारी हुने पनि उल्लेख गरेका छन् ।

क्लीफोर्डले पत्रमार्फत गोर्खाहरुको हितका लागि चासो दिएको भन्दै स्थानीय ग्रेटर रसमोर नेपलिज कम्युनिटीका निवर्तमान अध्यक्ष एवं काउन्सिलर पदका उम्मेदवार जीव बेल्वासे, काउन्सिलर प्रवेश केसी र अर्का काउन्सिलर उम्मेदवार नेम थापाले आभार व्यक्त गरेका छन् । बेल्वासे, केसी र थापाले गोर्खाहरुका समस्या काउन्सिलसमक्ष पटक पटक स्मरण गराउंदै आएका थिए ।

पत्र-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू