बुधबार, वैशाख १२, २०८१
20:11 | ००:५६

मोना यूकेले सपना रोकामगरलाई पठायो ६ लाख रुपैयां

मोना यूकेद्वारा म्याग्दीका बाढी पहिरो पीडितलाई पनि ७ लाख

नेपाली लिङ्क फ्रेब्रवरी १६, २०२१

सपना रोकामगर

लन्डन । बेलायत बस्ने म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ बेलायत (मोना यूके) ले ‘बीबीसी हन्ड्रेड वुमन २०२०’ भित्र पर्न सफल १९ वर्षीया नेपाली युवती सपना रोका मगरको सहयोगार्थ ६ लाख रुपैयां नेपाल पठाएको छ ।

चार लाख रुपैयाँ सपनाको उच्च शिक्षाका लागि र दुई लाख रुपैयाँ उनको फाउण्डेशनलाई प्रदान गरिएको हो । 

संस्थाले बेलायतमा चन्दा संकलन गरि सो सहयोग नेपाल पठाएको मोना यूके अध्यक्ष दलबहादुर जुग्जालीले बताए । उनले सहयोगदाताप्रति आभार समेत व्यक्त गरे ।

म्याग्दीको मंगला गाउँपालिका–४ बरंजास्थित बुकेनीकी सपनाले बीबीसीको विश्वका एक सय प्रभावशाली महिलाको सूचीमा परेर म्याग्दी र राष्ट्रकै सम्मान तथा गौरव बढाएको भन्दै उनलाई बधाईसहित सम्मान गरिएको जुग्जालीले बताए ।

बीबीसीले प्रत्येक वर्ष विश्वभरिबाट विशेष योगदान दिने १०० प्रभावशाली महिलाको नाम प्रकाशित गर्ने क्रममा गत नोभेम्बरमा सपना पनि परेकी थिइन् । उनी बेवारिसे शव व्यवस्थापनका लागि काम गर्दै आएकी छन् ।

सपनाले अहिलेसम्म ३ सय भन्दा बढी बेवारिसे शव व्यवस्थापन गरिसकेकी छिन् । सडकमै अलपत्र शव अस्पताल लगेर पोस्टमर्टम गर्नेदेखि पशुपति आर्यघाट लगेर अन्त्येष्टि गराउनेसम्मको काममा निरन्तर लागेकी छन् सपना ।

बीबीसीको सूचीमा परेपछि सपनालाई कयौं सम्मान र देश विदेशबाट उनको निस्वार्थ सेवाका लागि आर्थिक सहयोग जुटिरहेको छ ।

उता, मोना यूकेले म्याग्दीका बाढी पहिरोबाट विस्थापित परिवारको पुनरवासका लागि ७ लाख रुपैयाँ मोना अन्तर्राष्ट्रिय संघका पदाधिकारी राम थापालाई हस्तान्तरण गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू