बुधबार, वैशाख ५, २०८१
23:37 | ०४:२२

बेलायतका पूर्व राजकुमार ह्यारी र मेगन दोस्रो सन्तानको पर्खाइमा

रासस/एएफपी फ्रेब्रवरी १५, २०२१

हयारी मेगन फाइल तस्बिर एएफपी

लन्डन । बेलायतका पूर्व राजकुमार ह्यारी र उनकी श्रीमती मेगन दोस्रो सन्तानको पर्खाइमा रहेको बेलायती सञ्चार माध्यमहरूले बताएका छन् ।

उनीहरुले दोस्रो सन्तान जन्माउने निश्चित भएको उनका सहयोगीले जानकारी दिएका छन् । भ्यालेन्टाइन डेको अवसर पारेर हयारी मेगनले आफुहरू दोस्रो सन्तान जन्माउने तयारीमा रहेको सार्वजनिक गरेका हुन् ।

एउटा रुखको तल बसेर मुस्कुराएको र मेगनको गर्भवती अवस्थाको तस्वीर उनीहरूले सार्वजनिक गरेका छन् । नयाँ सन्तान प्राप्तहुने खवरले राजपरिवारका सवै सदस्यहर्षित रहेको बताएको छ ।

“आर्ची दाई बन्ने सुनिश्चित भइसकेको छ,” हयारीका प्रवक्ताले भनेका छन् । उनीहरूका जेष्ठ सन्तान आर्ची गत मे मा एक बर्ष पुरा भएका छन् ।

बेलायती महारानी एलिजावेथ द्वितीयकी नाती ह्यारी र उनकी श्रीमती मेगनले गत वर्षको मार्चमा राजपरिवारको सदस्य परित्याग गरी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् ।

ह्यारी र मेगनबीच पहिलो भेट भएको १६ महिनापछि विवाह भएको थियो । सन् २०१८ को मे महिनामा उनीहरुको विवाह भएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू