शनिबार, वैशाख ८, २०८१
17:05 | २१:५०

विश्वभर कोरोना संक्रमण दर १७ प्रतिशतले घट्यो  

रासस-एएनआई फ्रेब्रवरी १०, २०२१

जेनेभा । कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको संख्यामा १७ प्रतिशतले कमी आएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले दिएको जानकारीअनुसार पछिल्लो हप्ताको विवरणमा सङ्क्रमित संख्या घट्दै गएको देखिएको हो ।

पछिल्लो हप्तामा ३१ लाख नयाँ सङ्क्रमित भेटिएको डब्लूएचओले जनाएको विवरण सीएनएनले सार्वजनिक गरेको छ । यो संख्या अघिल्लो हप्ताको तुलनामा १७ प्रतिशत कम भएको उनीहरुको भनाइ छ ।

झण्डै १५ हप्ता अगाडि गत अक्टोबरपछिको सबैभन्दा कम सङ्क्रमित अहिले नै भएको तथ्याङ्कमा उल्लेख छ ।

अमेरिकी तथा युरोपेली मुलुकसँगै अफ्रिकी मुलुकहरुमा पनि सङ्क्रमितहरुको संख्यामा कमी हुँदै गएको डब्लूएचओले जनाएको छ ।

त्यसैगरी पछिल्लो एक हप्तामा विश्वभरी ८८ हजारभन्दा बढीको मृत्यु भएको छ । यो संख्या पनि अघिल्लो हप्ताको तुलनामा १० प्रतिशत कम हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू