शुक्रबार, वैशाख १४, २०८१
21:40 | ०२:२५

बेलायतमा थप १०१४ संक्रमितको मृत्यु

२४ घन्टामा १९ हजार बढी संक्रमित

नेपाली लिङ्क फ्रेब्रवरी ५, २०२१

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप १०१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सो जानकारी दिएको हो ।

बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ११ हजार २६४ पुगेको छ । मृतक संख्याका आधारमा बेलायत विश्वको पाँचौं स्थानमा छ ।

यसैगरी शुक्रबार सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा १९ हजार ११४ जना नयां संक्रमित थपिएका छन् । नयां थपिएका संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख ११ हजार ५७३ पुगेको छ ।

बेलायतमा कोरोना संक्रमण दर पछिल्लो समय केही कम भएको तथ्याँकले देखाएको छ । हाल बेलायतमा कोरोना संक्रमण दरको सूचक मानिने ‘आर’ नम्बर ०.७ र १ को बीचमा रहेको बताइएको छ ।

एक करोड १० लाखले लगाए खोप

बेलायतमा शुक्रबारसम्म एक करोड ९ लाख भन्दा बढीले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् ।

डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरका अनुसार हालसम्म एक करोड ९ लाख ७१ हजार ४७ जनाले खोपको पहिलो डोज लिएका हुन् । जसमध्ये पांच लाख पांच हजार ९९३ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेका छन् ।

उता, बेलायतमा ५० वर्ष माथिका सबैलाई आउँदो मेभित्र कोरोना विरुद्धको खोप दिइने बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

यसअघि प्रथामिकताका आधारमा विभिन्न नौ वटा समूहमा विभाजन गरी खोप वितरण गरिने बताइएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू