बिहीबार, वैशाख १३, २०८१
00:04 | ०४:४९

फुटबल खेलाडी लामाको कतारमा शल्यक्रिया

नेपाली लिङ्क फ्रेब्रवरी ३, २०२१

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिया गरिएको छ ।

लामो समयदेखि दायाँ खुट्टामा चोट बोकेका लामालाई गत साता उपचारका लागि कतार लगिएको थियो ।

खुट्टामा राखिएको सपोर्ट निकालेर लामाको शल्यक्रिया गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । शल्यक्रियापछि उनको अवस्था सामान्य छ । लामाको केही दिनमै फिजियोथेरापी गरिने छ ।

घुँडामा चोट लागेका अर्का फुटबल खेलाडी विमल घर्तीमगरको भने शल्यक्रिया गर्न समय लाग्ने एन्फाले जनाएको छ । मगरलाई पनि उपचारका लागि एन्फाले गत साता कतार पठाएको थियो । उनी प्रशिक्षणका क्रममा घाइते भएका थिए ।

एन्फाले कतार फुटबल संघसित समन्वय गरेर दुवै खेलाडीलाई उपचारका लागि कतार पठाएको हो । लामा थ्री स्टार क्लबका कप्तानसमेत हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू