शुक्रबार, चैत १६, २०८०
12:28 | १८:१३

बेलायतमा महामारीविरुद्ध लागेका १०० वर्षीय ‘हिरो’ को कोभिडबाटै निधन

नेपाली लिङ्क फ्रेब्रवरी २, २०२१

लन्डन । बेलायतमा कोभिड महामारीका बेला धेरै जनाको ज्यान जोगाउन पहल गर्ने क्याप्टेन टम मोरको कोभिड संक्रमणबाटै निधन भएको छ ।  

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा ‘एनएचएस’ का लागि ३३ मिलियन पाउण्ड जुटाएका ‘एनएचएस हिरो’ ले अरु धेरैको ज्यान बचाए पनि महामारीबाट आफू बच्न सकेनन् । श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार बेडफोर्ड अस्पताल भर्ना गरिएका १०० वर्षीय मोरको कोरोनाका कारण मंगलबार निधन भएको छ ।

निमोनियाको उपचार गराइरहेका क्याप्टेन  मोरको गत हप्ता कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएको उनकी छोरीले जानकारी दिएकी थिइन् 

दोस्रो विश्वयुद्धका भेटेरान टम मोरले गतवर्ष कोरोना महामारीका बखत आफ्नै बगैचामा एक सय पाइला हिंडेर नेशनल हेल्थ सर्भिस (एनएचएस) का लागि झन्डै ३३ मिलियन पाउण्ड संकलन गरेका थिए ।

निमोनियाको औषधिका कारण उनी कोरोना विरुद्धको खोप लगाउनबाट समेत बन्चित भएका थिए । महामारीका बेला उनले पुरयाएको योगदानका कारण उनले बेलायतकी महारानीबाट समेत सम्मान पाएका थिए ।  

उनको निधनमा बेलायती महारानीले समेत श्रद्धान्जली व्यक्त गरेकी छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले टम मोर विश्वकै महान हिरो भन्दै प्रधानमन्त्रीको कार्यालयको झण्डा आधा झुकाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू