शुक्रबार, वैशाख १४, २०८१
17:02 | २१:४७

सम्पूर्ण अष्ट्रेलियाली नागरिकले अक्टोबरसम्म खोप पाइसक्ने

रासस-सिन्ह्वा फ्रेब्रवरी १, २०२१

क्यानबेरा । अष्ट्रेलियाली नागरिकहरुलाई आगामी अक्टोबर महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप दिइसक्ने बताइएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिससले सोमबार सो जानकारी गराएका हुन् । उनले नेशनल प्रेस क्लबमा आज गरेको सम्बोधनका क्रममा सो जानकारी दिएको राजधानी क्यानबेराबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री मरिससले अष्ट्रेलियाली नागरिकलाई यसै वर्षको अक्टोबर महिनभित्र खोप दिइसक्ने कार्यक्रम सरकारले बनाएको र यो अष्ट्रेलियाको इतिहासमै एउटा गाह्रो काम हुने बताए । मरिससले यसका लागि अष्ट्रेलियाली सरकारले यहाँका सबै नागरिकलाई खोप लिनका लागि उत्साहित गरेको जानकारी पनि दिए ।

त्यस सम्बोधनका क्रममा प्रधानमन्त्री मरिसनले अष्ट्रेलियाली नागरिकलाई खोप लाउने काममा प्रोत्साहन गर्नु पनि गाह्रो काम भएको बताए । सबै नागरिकलाई खोप दिने कार्यक्रम र त्यो पनि आगामी अक्टोबर महिनाभित्रै सक्ने काम बडो महत्वाकांक्षी रहेको पनि उनले बताए ।
यस प्रयोजनका लागि प्रधानमन्त्री मरिसनले सरकारले १९ अर्ब अष्ट्रेलियन डलर बराबरको बजेट छुट्याइएको पनि जानकारी गराएका थिए ।

सम्बोधनका क्रममा उनले खोप कार्यक्रमका लागि छुट्याइएको यो रकम अष्ट्रेलियाको इतिहासमै सबैभन्दा ठूलो रकम भएको पनि जानकारी दिए । अष्ट्रेलियाले यो कार्यक्रम अन्तर्गत यहाँका कम्तीमा पनि २ करोड ५० लाख अष्ट्रेलियाली नागरिकलाई खोप दिइने भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यस प्रयोजनका लागि अष्ट्रेलियाले एक करोड डोज फाइजरको खोप बुकिङ गरिसकेको छ र यी डोजहरु पहिलो चरणमा लगाइने छ । त्यसपछि विस्तारै आवश्यकता अनुसार अरु डोजहरु पनि लगाइने भएको अष्ट्रेलियाली नागरिकले जानकारी दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू