एनआरएनए सदस्यताका लागि ६८ हजार ६५१ जनाको आवेदन स्वीकृत



लण्डन- गैरआवासीय नेपाली संघले सन् २०२५–२०२७ कार्यकालको सदस्यता संकलन तीव्र गतिमा भइरहेको जनाएको छ।
२०२५ जुलाई ११ सम्मको तथ्यांकअनुसार कुल ६८,६५१ जना सदस्यता आवेदन स्वीकृत भइसकेको छ भने थप ५,१९८ नयाँ आवेदन स्वीकृतिको प्रक्रियामा छन्। संसारभरका ५६ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मार्फत सदस्यता संकलन भइरहेको संघको भनाइ छ ।
देश अनुसार सदस्यता विवरण (स्वीकृत)
जापान – १८,३९३ सदस्य
अष्ट्रेलिया – १५,५५१ सदस्य
संयुक्त राज्य अमेरिका – ९,६७१ सदस्य
बेलायत – ३,५०८ सदस्य
साउदी अरेबिया – ३,१२७ सदस्य
क्यानडा – ५,७५० सदस्य
कतार – १,१२४ सदस्य
आयरल्याण्ड – १,४०२ सदस्य
संयुक्त अरब इमिरेट्स (यूएई) – १,९२० सदस्य
क्षेत्रगत सदस्य संख्या (स्वीकृत)
एशिया प्यासिफिक: १९,९११
ओसियानिया: १६,५३६
अमेरिकाज: १५,४२१
युरोप: ९,८११
मध्यपूर्व: ६,३५७
अफ्रिका: ६१५
क्षेत्रगत सहभागिता (प्रतिशतमा)
एशिया प्यासिफिक: २९.०%
ओसियानिया: २४.१%
अमेरिकाज: २२.५%
युरोप: १४.३%
मध्यपूर्व: ९.३%
अफ्रिका: १%
गैरआवासीय नेपाली संघले स्मार्ट एनआरएनए मोबाइल एपमार्फत सदस्यता प्रणाली थप सहज, पारदर्शी र आधुनिक बनाइएको जनाएको छ।
आगामी दिनमा बाँकी सदस्यता आवेदन स्वीकृति भएपछि यो संख्या अझै बढ्ने अपेक्षा संघको छ। हालसम्म, ५६ वटा राष्ट्रिय समन्वय परिषदहरू एमआइएस प्रणालीमा आबद्ध भइसकेका छन् ।
जापान र अष्ट्रेलियामा सदस्यता वितरण सकिएको छ, जसमा जापान शीर्ष स्थानमा देखिएको छ भने अष्ट्रेलियाको सहभागिता पनि उल्लेखनीय छ।
यस्तै क्यानाडा, न्यूजिल्यान्ड, आयरल्याण्ड, साउदी अरेबिया, साउथ सुडान र फ्रान्समा पनि सदस्यता वितरण सकिइसकेको छ ।आगामी दिनमा बाँकी परिषद्हरूको सदस्यता आवेदन स्वीकृति पश्चात यो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५