बिहीबार, चैत ९, २०७९



नेपाली लिङ्क
जनवरी ३१, २०२१
लन्डन । एनएचएस हिरोको रुपमा परिचित एक सय वर्षीय क्याप्टेन सर टम मोर अस्पताल भर्ना भएका छन् । निमोनियाको उपचार गराइरहेका मोरको गत हप्ता कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको थियो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई बेडफोर्ड अस्पताल भर्ना गरिएको उनकी छोरी हन्ना इंग्राम मोरले ट्वीटरमार्फत जानकारी दिएकी हुन् । हालसम्म घरमै उपचार गराइरहेका मोरलाई अस्पताको सामान्य वार्डमा उपचार भइरहेको छ ।
निमोनियाको औषधिका कारण उनी कोरोना विरुद्धको खोप लगाउनबाट समेत बन्चित भएका थिए ।
डब्लुडब्लुटू भ्याटर्न टम मोरले गतवर्ष कोरोना महामारीका बखत आफ्नै बगैचामा एक सय पाइला हिंडेर नेशनल हेल्थ सर्भिस (एनएचएस) का लागि झन्डै ३३ मिलियन पाउण्ड संकलन गरेका थिए ।
उनले आफ्नै च्यारिटी संस्था ‘द क्याप्टेन टम फाउन्डेसन’ पनि संचालन गर्दै आएका छन् ।



सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ